Nepal Life

कृषि विकास बैंकको सिइओ गोविन्द गुरुङको वार्षिक तलब सुविधा ६० लाख माथि

NMB Bank
  • BFIS News
  • 2025 Dec 14 21:46
कृषि विकास बैंकको सिइओ गोविन्द गुरुङको वार्षिक तलब सुविधा ६० लाख माथि
United Ajod

काठमाडौं। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले वार्षिक तलब सुविधा ६० लाख भन्दा धेरै रकम बुझेका छन्।

Shikhar
Nepal Life
NIMB

गुरुङको तलब प्रति महिना तीन लाख रुपैयाँ रहेको छ भने भत्ता बापत थप एक लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ। यस बाहेक दशै खर्च वापत तीन लाख रुपैयाँ पाएका छन्। औषधी उपचार खर्च बापत ६० दिनको तलब अर्थात ६ लाख रुपैयाँ पाउने छन्। यसैमा संचयकोषमा एक महिनाको तलब थपहुने व्यवस्था छ।

उनलाई बैंक दिवस वापत सञ्चालक समितिको निर्णायानुसार उपलब्ध गराउनेछ। बैंकले सिइओ गुरुङलाई मासिक टेलिफोन महसूल, एकपटक एक थान मोबाइल सेट अधिकतम ५० हजारसम्मको पाउछन्। यो फिर्ता गर्नु पर्दैन। नियम अनुसार मुनाफाबाट थप बोनस पनि पाउछन्। यो रकम यसमा जोडिएको छैन। यसरी विभिन्न सेवा सुविथा थप हुँदा गुरुङले ७० लाख भन्दा धेरै रकम पाउनेछन्।

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा गुरुङको वार्षिक तलब सुविधा झण्डै डेढ करोड थियो। सिभिल पछि म्यानपारको बैंकमा काम गरेर फर्किएका गुरुङ २०७९ फागुनमा कृषि बैंकको सिइओमा नियुक्त भएका थिए। यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव संकालेका गुरुङले कृषि विकास बैंकलाई थप नयाँ उचाइमा पुर्याएका छन्।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया