Nepal Life

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ पुस ९ देखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

NMB Bank
  • BFIS News
  • 2025 Dec 16 10:59
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ पुस ९ देखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
United Ajod

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाका स्थानीय बासिन्दाले यस आईपीओमा आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने पुस १४ गतेभित्र आवेदन दिनुपर्नेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस (CARE-NP BB-) इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २६ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेड टावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले शेयर खरिद आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया