Nepal Life

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, १२.५ प्रतिशत बोनस शेयर दिने

NMB Bank
  • BFIS News
  • 2025 Dec 16 11:06
छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, १२.५ प्रतिशत बोनस शेयर दिने
United Ajod

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १२.५ प्रतिशत बोनस शेयर रहेको छ भने बोनस शेयरको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया