Nepal Life

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्न, २ हजार ३११ जना आवेदकले पाए ५० कित्ता

NMB Bank
  • BFIS News
  • 2025 Dec 16 11:13
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्न, २ हजार ३११ जना आवेदकले पाए ५० कित्ता
United Ajod

काठमाडौं। रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा ३५ हजार १०२ जना आवेदकबाट कुल १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन परेको थियो। प्राप्त भएका सबै आवेदनहरू स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

निष्काशित शेयरको मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो। बाँडफाँटका क्रममा २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेको ४६ कित्ता शेयर तीमध्येका लगानीकर्ताहरूलाई थप एक कित्ताका दरले वितरण गरिएको छ।

यस अनुसार, २ हजार ३११ जना शेयर प्राप्त गर्ने लगानीकर्तामध्ये ४६ जनाले ५१ कित्ताका दरले रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया