Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १२.५ प्रतिशत लाभांश प्रस्ताव, ४ प्रतिशत बोनस पछि चुक्ता पूँजी ५ अर्ब ६८ करोड

NMB Bank
  • BFIS News
  • 2025 Dec 18 10:45
नेशनल लाइफ इन्स्योरेन्सद्वारा १२.५ प्रतिशत लाभांश प्रस्ताव, ४ प्रतिशत बोनस पछि चुक्ता पूँजी ५ अर्ब ६८ करोड
United Ajod

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको पुस ०२ गते बसेको सञ्चालक समितिको ५६९औँ बैठकले हाल कायम चुक्ता पुँजी ५ अर्ब ४७ करोड रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशअन्तर्गत ४ प्रतिशत बोनस सेयर वितरण गरिनेछ, जसको मूल्य करिब २१ करोड ८९ लाख रुपैयाँ रहेको छ। साथै, ८.५ प्रतिशत नगद लाभांशमार्फत करिब ४६ करोड ५१ लाख रुपैयाँ वितरण गरिने प्रस्ताव गरिएको छ।

यसका अतिरिक्त, बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशत नगद लाभांश (करिब ३ करोड ६० लाख रुपैयाँ) समेत प्रस्ताव गरिएको छ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ। बुधबार नेशनल लाइफको शेयर मूल्य ६१५ रुपैयाँ थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया