Nepal Life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा पुस २४ गते

NMB Bank
  • BFIS News
  • 2025 Dec 18 12:13
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा पुस २४ गते
United Ajod

काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारणसभा पुस २४ गते, २०८२ मा आह्वान गरेको छ। साधारणसभा काठमाडौँको नक्सालस्थित भाटभटेनी नजिकै रहेको अम्रपाली ब्याङ्क्वेटको प्राङ्गणमा बिहान १०:०० बजे सुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि पेश गर्नेछ। मंसिरमा सम्पन्न सञ्चालक समितिको ३९औँ बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त नगद लाभांशको कुल रकम करिब १५ करोड १४ लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ।

यसका साथै, साधारणसभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने, साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ। कम्पनीमा एक स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

लाभांश वितरण तथा साधारणसभामा सहभागी हुनका लागि बुक क्लोजर मिति पुस १६ गते तोकिएको छ। सो मितिभन्दा अघिसम्म सेयरधनी कायम रहेका लगानीकर्ताहरूले लाभांश प्राप्त गर्न तथा उक्त साधारणसभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया