Nepal Life

सन नेपाल लाइफको ८औँ र ९औँ साधारण सभा पुस २५ गते, पुस १३ गतेसम्म शेयर किन्नेले २०.२६% लाभांश पाउने

NMB Bank
  • BFIS News
  • 2025 Dec 19 08:18
सन नेपाल लाइफको ८औँ र ९औँ साधारण सभा पुस २५ गते, पुस १३ गतेसम्म शेयर किन्नेले २०.२६% लाभांश पाउने
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औँ तथा ९औँ वार्षिक साधारण सभा एकैसाथ पुस २५ गते, २०८२ मा आयोजना गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्ता पूँजीको १५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारितका लागि प्रस्तुत गरिनेछ।

विशेष प्रस्ताव अन्तर्गत विद्यमान चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ। बोनस शेयर जारीपछि हुने शेयर संरचनाअनुसार चुक्ता तथा जारी पूँजी वृद्धि गरिने र बोनस वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अङ्क सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गरिने कम्पनीले जनाएको छ।

यसैगरी, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। नियमनकारी निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत विशेष प्रस्तावमा समावेश गरिएको छ। साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत एजेन्डामा रहेको छ।

प्रस्तुत लाभांश पुस १३ गतेसम्म कायम शेयरधनीले पाउने छन्। साधारणसभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज हुने कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै ती आर्थिक वर्षका लेखापरीक्षण प्रतिवेदन, एकल तथा एकीकृत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरूसहितका वित्तीय विवरणहरू अनुमोदनका लागि प्रस्तुत हुनेछन्।

त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृतिअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि नियुक्त लेखापरीक्षक श्री एस. ए. आर. एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरिनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि पनि लेखापरीक्षण समितिको सिफारिस बमोजिम सोही लेखापरीक्षकको पुनः नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पेश हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया