Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न सर्वोच्च अदालतको आदेश

NMB Bank
  • BFIS News
  • 2025 Dec 19 15:59
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न सर्वोच्च अदालतको आदेश
United Ajod

काठमाडौं । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया नरोक्न आदेश दिएको छ।

Shikhar
Nepal Life
NIMB

आईपीओ प्रक्रिया बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले माग बमोजिम आदेश दिन नमिल्ने ठहर गर्दै अन्तिम आदेश जारी गरेको हो।

नेपाल सेयर बजार लगानीकर्ता संघको तर्फबाट महासचिव खगेन्द्रराज कँडेलले मंसिर २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर, मंसिर २३ गते सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले मुद्दा दरपिठको आदेश दिएका थिए। उक्त दरपिठ आदेशविरुद्ध इजलासमा पुनः निवेदन पेश भएपछि मंसिर २६ गते रिट दर्ता भएको थियो।

सर्वोच्च अदालतको यस आदेशसँगै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया यथावत् रूपमा अघि बढ्ने बाटो खुलेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया