Nepal Life

प्राइम कमर्सियल बैंकको ८.४२१% लाभांश प्रस्ताव, एक अर्ब ५५ करोड बोनस शेयर वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 20 06:37
प्राइम कमर्सियल बैंकको ८.४२१% लाभांश प्रस्ताव,  एक अर्ब ५५ करोड बोनस शेयर वितरण गर्ने
United Ajod

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको पौष ०३ गते बसेको सञ्चालक समितिको ५४९औँ बैठकले रु. १९.४० अर्ब चुक्ता पूँजीका आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश अन्तर्गत ८ प्रतिशत बोनस सेयर (करिब रु. १.५५ अर्ब बराबर) तथा कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश (रु. ८.१६ करोड) समावेश छ।

Shikhar
Nepal Life
NIMB

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभा (एजीएम) बाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ।

लेख तयार पार्दासम्म प्राइम कमर्सियल बैंकको सेयर मूल्य पछिल्लो कारोबार दिन रु. २४८.४० मा बन्द भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया