Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीलाई ६२ करोड लाभांश वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 21 11:46
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीलाई ६२ करोड लाभांश वितरण गर्ने
United Ajod

काठमाडौं — रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो।

कम्पनीका अनुसार प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

हाल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ। कम्पनीले नगद लाभांश वितरण गर्ने निर्णयमार्फत प्रतिशेयर आम्दानी र आगामी वर्षको प्रतिफलमा दबाब नपर्ने रणनीति अपनाएको छ।

इन्स्योरेन्स क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा स्थायित्व कायम राख्दै शेयरधनीको हितलाई प्राथमिकतामा राख्ने उद्देश्यका साथ यो निर्णय गरिएको कम्पनीको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया