Nepal Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Dec 21 12:05
लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव
United Ajod

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
Nepal Life
NIMB

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय पुस ६ गते बसेको कम्पनीको १४६औँ सञ्चालक समिति बैठकले गरेको हो।

कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

LICN ले स्थिर वित्तीय प्रदर्शनका आधारमा आकर्षक लाभांश प्रस्ताव गरेको भन्दै शेयरधनीहरूमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया