Nepal Life

एभरेष्ट बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2025 Dec 21 15:52
एभरेष्ट बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
United Ajod

काठमाडौं। बैंकले कार्तिक १२, २०८२ मा सम्पन्न गरेको ३१औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त लाभांशअन्तर्गत बैंकले ६ प्रतिशत बोनस सेयर तथा १४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको थियो।

Shikhar
Nepal Life
NIMB

सभाबाट पारित भएको सोही ६ प्रतिशत बोनस सेयर बापतको ७७,६६,८१६.५६ कित्ता सेयर अब नेप्सेमा सूचीकृत भएसँगै सेयरधनीहरूले दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन्।

नेप्सेमा सूचीकृत भएसँगै बैंकको सेयर संख्या बढेको छ, जसले बजारमा कारोबारको तरलता बढाउने अपेक्षा गरिएको छ। समाचार तयार पार्दासम्म एभरेष्ट बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ६५२ रहेको छ। बैंकको स्थिर वित्तीय अवस्था र नियमित लाभांश वितरणले लगानीकर्ताहरूको आकर्षण कायम राखेको देखिन्छ। 

बुक क्लोज हुनु भन्दा अगाडी बैंकको शेयर मूल्य ७१७ रुपैयाँ थियो। यो मूल्यमा शेयर खरिद गर्नेले ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश प्राप्त गरेका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया