Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३५८३ प्रतिशत लाभांश पारित

NMB Bank
  • BFIS News
  • 2025 Dec 22 20:51
सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३५८३ प्रतिशत लाभांश पारित
United Ajod

काठमाडौँ, पुस ७ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न गरेको छ। सभाले बैंकका सेयरधनीहरूलाई नगद तथा बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ०५ लाख ५३ हजार ६२६ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात् १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय सभाबाट अनुमोदन भएको हो।

उक्त प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ पुग्नेछ। साधारण सभाले आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू समेत पारित गरेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया