Nepal Life

चिलिमे हाइड्रोपावरले १२ प्रतिशत लाभांश प्रस्ताव, पुस ३० मा २९औँ वार्षिक साधारण सभा

NMB Bank
  • BFIS News
  • 2025 Dec 24 12:15
चिलिमे हाइड्रोपावरले १२ प्रतिशत लाभांश प्रस्ताव, पुस ३० मा २९औँ वार्षिक साधारण सभा
United Ajod

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँको आधारमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जनाएको हो।

Shikhar
Nepal Life
NIMB

पुस ८ गते बसेको कम्पनीको ४४९औँ सञ्चालक समितिको बैठकले सो दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ, जसको मूल्य करिब ७० करोड २५ लाख रुपैयाँ हुन्छ। त्यसैगरी, ४ प्रतिशत नगद लाभांश (कर सहित) करिब ३५ करोड १२ लाख रुपैयाँ बराबरको रहेको छ।

सञ्चालक समितिको उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया