Nepal Life

पाल्पा सिमेन्टले पायो आइपिओ निष्काशनको अनुमति, सर्वसाधारणलाई ७५ लाख कित्ता जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 25 08:27
पाल्पा सिमेन्टले पायो आइपिओ निष्काशनको अनुमति, सर्वसाधारणलाई ७५ लाख कित्ता जारी गर्ने
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डको अनुमति सँगै कम्पनीले सर्वसाधारणका लागि कुल ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ। प्रतिकित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ।

Shikhar
Nepal Life
NIMB

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ। यसैबीच, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको दीर्घकालीन कर्जा सीमाका लागि [ICRANP] LBB (आईक्रा एनपी एल डबल बी) र अल्पकालीन कर्जा सीमाका लागि [ICRANP] A4 (आईक्रा एनपी ए फोर) रेटिङ पुनः पुष्टि गरेको छ। साथै, यी रेटिङहरूलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ बाट हटाइएको छ।

२००९ मा स्थापना भएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड एक ग्रीनफिल्ड सिमेन्ट उत्पादन कम्पनी हो। कम्पनीले सन् २०१९ को अप्रिलबाट क्लिङ्कर र सन् २०२० को जनवरीबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो। नवलपरासीको सुनवलमा अवस्थित उद्योगको खानी पाल्पाको रहवास क्षेत्रमा रहेको छ।

कम्पनीको वार्षिक उत्पादन क्षमता ५ लाख ९० हजार मेट्रिक टन क्लिङ्कर र ७ लाख ३० हजार मेट्रिक टन सिमेन्ट रहेको छ। भर्टिकल रोलिङ मिल (VRM) प्रविधि प्रयोग गर्दै आएको कम्पनी आरएमसी समूह अन्तर्गत सञ्चालनमा रहेको छ। यसको दर्ता कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया