Nepal Life

गरिमा विकास बैंकलाई डिजिटल र नेपालपे क्यूआर कारोबारमा उत्कृष्टता सम्मान

NMB Bank
  • BFIS News
  • 2025 Dec 26 10:52
गरिमा विकास बैंकलाई डिजिटल र नेपालपे क्यूआर कारोबारमा उत्कृष्टता सम्मान
United Ajod

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ‘Excellence in Digital Transactions’ र ‘Excellence in Nepalpay QR Transaction’ अवार्ड प्राप्त गरेको हो।

Shikhar
Nepal Life
NIMB

विकास बैंकहरूमध्ये आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी डिजिटल कारोबार तथा नेपालपे क्यूआर कारोबार सम्पन्न गर्न सफल भएको आधारमा गरिमा विकास बैंकलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले अवार्ड ग्रहण गर्नुभएको थियो।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा, ५१ वटा एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र वित्तीय पहुँच विस्तारमा निरन्तर योगदान दिँदै आएको बताएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया