Nepal Life

एनएमबी क्यापिटलका सम्पुर्ण म्युचुअल फण्डहरूको न्याभमा सुधार, घाटा घटाउदै

NMB Bank
  • BFIS News
  • 2025 Dec 27 10:21
एनएमबी क्यापिटलका सम्पुर्ण म्युचुअल फण्डहरूको न्याभमा सुधार, घाटा घटाउदै
United Ajod

काठमाडौं। एनएमबी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका विभिन्न म्युचुअल फण्ड योजनाहरूको मंसिर महिनाको नेट एसेट भ्यालु (NAV) सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार अधिकांश फण्डहरूको NAV मा सुधार देखिएको छ भने घाटाको मात्रा पनि अघिल्लो महिनाको तुलनामा घटेको छ।

Shikhar
Nepal Life
NIMB

एनएमबी सरल बचत फण्ड–ई (NMBSBF)

एनएमबी सरल बचत फण्ड–ई को मंसिर महिनाको NAV प्रतिइकाई १०.२४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिनामा १० रुपैयाँ थियो। खुला अवधिको यो म्युचुअल फण्डको कुनै परिपक्वता अवधि छैन। फण्डको कुल आकार हाल ३.९९ अर्ब रुपैयाँ पुगेको छ, जुन एक महिना अघि ३.९३ अर्ब रुपैयाँ थियो।

फण्डले सूचीकृत सेयरमा ३.५३ अर्ब रुपैयाँ, सार्वजनिक निष्कासनमा ५.६२ करोड रुपैयाँ र फिक्स्ड डिपोजिटमा ८५ करोड रुपैयाँ लगानी गरेको छ। साथै बैंक मौज्दात ३३.३८ करोड रुपैयाँ र ऋणपत्र तथा डिबेञ्चरमा १०.१५ करोड रुपैयाँ रहेको छ। मंसिरमा फण्डले २०.४९ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो महिनाको २९.८६ करोड रुपैयाँ घाटाभन्दा कम हो।

एनएमबी ५० (NMB50)

१० वर्षे बन्दमुखी योजना एनएमबी ५० को मंसिर महिनाको NAV १०.१५ रुपैयाँ कायम भएको छ। अघिल्लो महिनामा यसको NAV ९.८८ रुपैयाँ थियो। १.२५ अर्ब रुपैयाँको प्रारम्भिक कोषसहित सुरु भएको यस योजनाले सूचीकृत कम्पनीका सेयरमा १.०९ अर्ब रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा २.३४ करोड रुपैयाँ, बैंक मौज्दात २.६९ करोड रुपैयाँ तथा बन्ड र डिबेञ्चरमा १२.८१ करोड रुपैयाँ लगानी रहेको छ। मंसिरको अन्त्यसम्म फण्डले ६.७१ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो महिनाको १०.०९ करोड रुपैयाँ घाटाभन्दा सुधारिएको हो।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–II (NSIF2)

१० वर्षे बन्दमुखी योजना एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–II को मंसिर महिनाको NAV ११.३३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिनामा ११.०१ रुपैयाँ थियो। १.२२ अर्ब रुपैयाँको फण्ड साइज रहेको यस योजनाले सूचीकृत सेयरमा १.२० अर्ब रुपैयाँ र सार्वजनिक निष्कासनमा ३.१७ करोड रुपैयाँ लगानी गरेको छ। बैंक मौज्दात ३.९२ करोड रुपैयाँ रहेको छ।

फण्डले मंसिरमा ६.५८ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो महिनाको १०.५५ करोड रुपैयाँ घाटाभन्दा कम हो।

एनएमबी हाइब्रिड फण्ड–एल–II (NMBHF2)

एनएमबी हाइब्रिड फण्ड–एल–II को मंसिर महिनाको NAV १०.१७ रुपैयाँ कायम भएको छ। अघिल्लो महिनामा यसको NAV ९.९६ रुपैयाँ थियो। १.३६ अर्ब रुपैयाँको प्रारम्भिक कोषसहित सुरु भएको यस योजनाले सूचीकृत सेयरमा ८४.५५ करोड रुपैयाँ लगानी गरेको छ भने बैंक मौज्दात १४.०७ करोड रुपैयाँ रहेको छ।

मंसिर महिनामा फण्डले २.४२ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो महिनाको ५.२५ करोड रुपैयाँ घाटाभन्दा उल्लेख्य रूपमा कम हो। समग्रमा, एनएमबीका म्युचुअल फण्डहरूमा NAV मा सुधार देखिएको छ भने घाटाको मात्रा क्रमशः घट्दै गएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया