Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत, अव ६० प्रतिशत हकप्रद शेयर जारी गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Dec 29 15:29
मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत, अव ६० प्रतिशत हकप्रद शेयर जारी गर्दै
United Ajod

काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ५ लाख ५९ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका छन्।

Shikhar
Nepal Life
NIMB

कम्पनीको कार्तिक २१ गते सम्पन्न ७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त लाभांश अन्तर्गत ८ प्रतिशत बोनस शेयर तथा करसहित ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार बोनस शेयर नेप्सेमा सूचिकृत भएका हुन्।

साधारणसभा सम्पन्न भएको करिब दुई महिनाभित्रै बोनस शेयर सूचिकृत गर्न कम्पनी सफल भएको छ। सामान्यतया बोनस शेयर पारित भएपछि कम्पनी रजिष्ट्रार कार्यालय तथा विभिन्न नियामक निकायसँगको प्रक्रियाका कारण अन्य कम्पनीले सूचिकरणमा महिनौँ समय लगाउने गरेका बेला मुक्तिनाथ कृषि कम्पनीले छिटो प्रक्रिया पूरा गरेको जनाएको छ।

बोनस शेयर सूचिकृत भएसँगै कम्पनीको चुक्ता पुँजी ७५ करोड ५९ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीले यही चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत साधारणसभाबाट पारित गरेको छ। प्रस्तावअनुसार कम्पनीले ४५ करोड ३५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। कम्पनीले आगामी दिनमा कृषि क्षेत्रमा लगानी विस्तार गर्दै व्यवसायिक गतिविधि बढाउने लक्ष्य लिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया