Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीका अवसर, मार्केटिङ र मेडिकल क्लेममा आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Dec 29 18:17
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीका अवसर, मार्केटिङ र मेडिकल क्लेममा आह्वान
United Ajod

काठमाडौं: सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले मार्केटिङ विभाग तथा मेडिकल क्लेम विभागका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले काठमाडौं उपत्यकाभित्र तथा उपत्यकाबाहिरका शाखा कार्यालय र केन्द्रीय कार्यालयका लागि योग्य तथा अनुभवी नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

मार्केटिङ विभागतर्फ, कम्पनीले काठमाडौं उपत्यकाभित्र कार्यस्थल रहने गरी केही संख्यामा सहायक प्रबन्धक (Assistant Manager) पदका लागि आवेदन माग गरेको छ। यस पदका लागि बैंकिङ एण्ड इन्स्योरेन्स, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण (स्नातकोत्तरलाई प्राथमिकता) तथा सामान्य बीमा क्षेत्रमा कम्तीमा ६ देखि ८ वर्षको कार्य अनुभव हुनुपर्नेछ।

त्यसैगरी, उपत्यकाभित्र तथा उपत्यकाबाहिरका सबै शाखा कार्यालयका लागि वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत पदमा पनि केही संख्यामा कर्मचारी माग गरिएको छ। यी पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सामान्य बीमा क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव आवश्यक रहेको छ।

कम्पनीले वरिष्ठ सहायक, सहायक तथा कनिष्ठ सहायक पदका लागि पनि सबै शाखा कार्यालयमा कर्मचारी माग गरेको छ। बैंकिङ एण्ड इन्स्योरेन्स, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी सामान्य बीमा क्षेत्रमा २ देखि ४ वर्षको अनुभव आवश्यक पर्नेछ। यद्यपि, कनिष्ठ सहायक पदका लागि नयाँ स्नातक (फ्रेसर) ले पनि आवेदन दिन सक्नेछन्।

यसैगरी, मेडिकल क्लेम विभागतर्फ केन्द्रीय कार्यालयका लागि वरिष्ठ सहायक तथा सहायक पदमा कर्मचारी माग गरिएको छ। यसका लागि न्यूनतम स्नातक तह उत्तीर्ण (नर्सिङ वा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता) तथा सामान्य बीमा क्षेत्रमा मेडिकल क्लेमसम्बन्धी ३ देखि ४ वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ। कम्पनीका अनुसार तलब, भत्ता तथा अन्य सुविधा कम्पनीको नियमअनुसार प्रदान गरिनेछ।

आवेदन प्रक्रिया

इच्छुक तथा योग्य नेपाली उम्मेदवारले आफ्नो आवेदन, अद्यावधिक बायोडाटा (CV), नागरिकताको प्रतिलिपि तथा सम्बन्धित कागजातसहित कम्पनीको आधिकारिक करियर पोर्टल online.salico.com.np/career मार्फत प्रकाशन मितिले १५ दिनभित्र, अर्थात् पुस १४ गते २०८२ (डिसेम्बर २९, २०२५) सम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले छनोटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिने स्पष्ट पारेको छ। व्यक्तिगत भेटघाट वा टेलिफोन सम्पर्क स्वीकार गरिने छैन। साथै, कम्पनीले कुनै पनि आवेदन स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार सुरक्षित राखेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया