Nepal Life

सुनचाँदीको भाउमा गिरावट, तीन दिनमा प्रति तोला ९६०० रुपैयाँले घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Dec 31 11:21
सुनचाँदीको भाउमा गिरावट, तीन दिनमा प्रति तोला ९६०० रुपैयाँले घट्यो
United Ajod

काठमाडौं — नेपाली सुनचाँदी बजारमा आज सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,१०० रुपैयाँले घटेको छ।

Shikhar
Nepal Life
NIMB

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजाबी सुन प्रतितोला २ लाख ६० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य २ लाख ६१ हजार ४०० रुपैयाँको तुलनामा तोलामा १,१०० रुपैयाँ कम हो।

गत डिसेम्बर २८, २०२५ मा छापावाल सुनले प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उच्च मूल्य कायम गरेपछि हाल बजारमा सामान्य करेक्सन देखिएको व्यवसायीहरूले बताएका छन्।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घट्दै ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको जानकारहरूको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया