Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र पुनः जारी गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Dec 31 11:35
बैंकिङ प्रणालीमा अधिक तरलता, नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र पुनः जारी गर्दै
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यसअघि गत सोमबार २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरिसकेको थियो भने आज पुस १६ गते फेरि नयाँ ऋणपत्र जारी गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्न लागेको जनाएको छ। उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत ऋणपत्रको बोलकबोल हुनेछ। बोलकबोल प्रक्रियाबाटै यस ऋणपत्रको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

यो एक वर्षे अवधिको ऋणपत्र हो। ऋणपत्रको साँव भुक्तानी २०८३ पुस १६ गते हुने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्र राष्ट्र बैंक स्वयं तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया