Nepal Life

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार गिरावट, प्रतितोला २ लाख ५९ हजारमा कारोबार

NMB Bank
  • BFIS News
  • 2026 Jan 01 11:17
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार गिरावट, प्रतितोला २ लाख ५९ हजारमा कारोबार
United Ajod

काठमाडौं — नेपाली सुनचाँदी बजारमा आज गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) का अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले घट्दै २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो केहि दिनदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा लगातार गिरावट आइरहेको छ। 

Shikhar
Nepal Life
NIMB

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजाबी सुन प्रतितोला २ लाख ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य २ लाख ६० हजार ३ सय रुपैयाँको तुलनामा १,४०० रुपैयाँ कम हो।

यसअघि छापावाल सुनले डिसेम्बर २८, २०२५ मा प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँको कीर्तिमानी उच्च मूल्य छोएको थियो। पछिल्लो गिरावटलाई सो उच्च मूल्यपछिको सामान्य सुधारका रूपमा हेरिएको छ।

उता, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घट्दै ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया