Nepal Life

सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयर धनीले पाए एक अर्ब नगद लाभांश

NMB Bank
  • BFIS News
  • 2026 Jan 02 14:43
सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयर धनीले पाए एक अर्ब नगद लाभांश
United Ajod

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। भाटभटेनीस्थित आग्रपाली वाङ्केटमा सम्पन्न साधारणसभाले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Shikhar
Nepal Life
NIMB

साधारणसभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो। सभाले उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरणहरू पनि पारित गरिएको छ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको छ। लेखापरीक्षण समितिको सिफारिसअनुसार वर्तमान लेखापरीक्षक एस.ए.आर. एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ।

सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशतले हुने १ अर्ब रुपैयाँ (लाभांशमा लाग्ने करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

यसैगरी, कम्पनीबाट प्रदान गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाबाट पारित गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया