Nepal Life

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2026 Jan 04 10:45
एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
United Ajod

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।

Shikhar
Nepal Life
NIMB

पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। यसका आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७४ लाख ५८ हजार ७८३.५ कित्ता (करिब ७४ लाख ५९ हजार कित्ता) हकप्रद शेयर निष्काशन गर्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया