Nepal Life

समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच १:१ शेयर स्वाप अनुपात स्वीकृत

NMB Bank
  • BFIS News
  • 2026 Jan 05 10:52
समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच १:१ शेयर स्वाप अनुपात स्वीकृत
United Ajod

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पोखरा फाइनान्स लिमिटेडसँग प्रस्तावित मर्जरका लागि १:१ शेयर स्वाप (आदान–प्रदान) अनुपात स्वीकृत गरेको छ।

Shikhar
Nepal Life
NIMB

दुवै वित्तीय संस्थाबीच मर्जर प्रक्रिया अघि बढाउने उद्देश्यले २०८२ साल श्रावण ४ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो। सोही सम्झौतापछि मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया व्यवस्थापन तथा दुवै संस्थाको सम्पत्ति, दायित्व र समग्र व्यावसायिक अवस्थाको मूल्याङ्कन गर्न संयुक्त मर्जर समिति गठन गरिएको थियो।

नियुक्त स्वतन्त्र मूल्याङ्कनकर्ताले पेश गरेको मूल्याङ्कन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले दुवै कम्पनीका शेयरधनीहरूका लागि १:१ अनुपातमा शेयर आदान–प्रदान उपयुक्त हुने निष्कर्षसहित सिफारिस गरेको थियो।

उक्त सिफारिसअनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २०८२ साल पौष २० गते बसेको सञ्चालक समितिको ५३७औँ बैठकले पोखरा फाइनान्ससँग हुने मर्जरका लागि १:१ शेयर स्वाप अनुपात औपचारिक रूपमा स्वीकृत गरेको हो।

अब नियामक निकायको स्वीकृति तथा आगामी कानुनी प्रक्रियाहरू पूरा भएपछि मर्जर प्रक्रिया थप अघि बढ्ने कम्पनीले जनाएको छ। मर्जरपछि दुवै संस्थाको वित्तीय क्षमता, सेवा विस्तार र प्रतिस्पर्धात्मक शक्ति थप मजबुत हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया