Nepal Life

सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनको स्वीकृति, संस्थागत लगानीकर्तालाई अवसर

NMB Bank
  • BFIS News
  • 2026 Jan 06 11:15
सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनको स्वीकृति, संस्थागत लगानीकर्तालाई अवसर
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक लिमिटेडलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। बोर्डले सोमबार बैंकलाई ८.२५ प्रतिशत प्रतिफल दिने साढे ३ करोड कित्ता ‘एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको हो।

Shikhar
Nepal Life
NIMB

हाल बैंक तथा वित्तीय संस्थाहरूले अत्यन्त न्यून व्याजदर प्रदान गरिरहेका बेला सिद्धार्थ बैंकले संस्थागत लगानीकर्तालाई लक्षित गर्दै ८.२५ प्रतिशत प्रतिफल दिने लगानी उपकरण ल्याउन लागेको हो। यसले दीर्घकालीन र स्थिर प्रतिफल खोजिरहेका संस्थागत लगानीकर्ताका लागि आकर्षक विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

बैंकले परिपत्री विधिमार्फत अग्राधिकार शेयर निष्कासन गर्ने जनाएको छ। उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

यसअघि नबिल बैंक, कामना सेवा विकास बैंक र एनएमबी बैंकले समेत यस्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेका छन्। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले पूँजी संरचना सुदृढ गर्न यस्ता उपकरणको प्रयोग बढाउँदै लगेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया