Nepal Life

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2026 Jan 06 14:36
सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
United Ajod

काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ ।

Shikhar
Nepal Life
NIMB

बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पौष १७ गते एक कार्यक्रमको आयोजना गरी उक्त उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । 

बैंकले हाईड्रोलिक शल्यक्रिया टेबल, ४ सेटयुक्त एल.इ.डी. शल्यक्रिया कक्ष डोम बत्ति, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर, तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरणहरु १–१ थान हस्तान्तरण गरेको हो ।

हरिवन अस्पतालको नवनिर्मित भवनमा शल्यक्रिया सहित वर्थिङ्ग सेवा संचालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुहरूका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले बैंकले उक्त उपकरणहरु प्रदान गरेको हो । 

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया