Nepal Life

माघ १ गतेदेखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय माध्यमबाट

NMB Bank
  • BFIS News
  • 2026 Jan 06 19:26
माघ १ गतेदेखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय माध्यमबाट
United Ajod

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रसँग सम्बन्धित सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूलाई सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा मात्र भुक्तानी हुने व्यवस्था मिलाउन आज औपचारिक निर्देशन जारी गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणका अनुसार सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ ले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा बीमालेखका शर्त वा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामै रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। यसै सन्दर्भमा नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको हुँदा बीमा क्षेत्रमा पनि सोही व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

निर्देशनअनुसार अब बीमा दाबी, कमिसन, सेवा शुल्क लगायतका सबै भुक्तानी नगदमार्फत गर्न पाइने छैन। यसले वित्तीय पारदर्शिता बढाउने, कारोबारको ट्र्याकिङ सहज बनाउने तथा सम्पत्ति शुद्धीकरण जस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

यसअघि नै प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार, ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीका अनुसार उक्त निर्देशनको प्रभावकारी कार्यान्वयनबाट बीमा क्षेत्रलाई थप अनुशासित, पारदर्शी र डिजिटलमैत्री बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया