Nepal Life

कर्मचारीमाथि अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकको आपत्ति

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 13:27
कर्मचारीमाथि अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकको आपत्ति
United Ajod

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार गरी अराजक गतिविधि गरेको भन्दै ध्यानाकर्षण गराएको छ।

Shikhar
Nepal Life
NIMB

बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंकले शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्ने, हुलहुज्जत गर्ने र पेट्रोल छर्केर आगजनीको प्रयास गरेको भन्दै बैंकले ध्यानाकर्षण गराएको हो।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा हुने यस्ता उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।'

यस्ता घटनाले बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको र कर्मचारीको मनोबलमा नकारात्मक असर परेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया