Nepal Life

पूँजी बजार र विद्युत् क्षेत्रको समन्वयका लागि कार्यदल गठन तयारी

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 16:11
पूँजी बजार र विद्युत् क्षेत्रको समन्वयका लागि कार्यदल गठन तयारी
United Ajod

काठमाडौं।  नेपालमा पूँजी बजार र जलविद्युत् उत्पादन क्षेत्रको सुदृढीकरण तथा लगानी प्रवर्द्धनका लागि नियामक निकायहरूबीच सहकार्य सुरु भएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच २०८२ पौष २४ गते खुमलटारस्थित बोर्डको कार्यालयमा विशेष संयुक्त बैठक सम्पन्न भएको छ।

बैठकको मुख्य उद्देश्य पूँजी बजारमार्फत जलविद्युत् परियोजनामा लगानी बढाउने, नियामक समन्वय मजबुत पार्ने र नीतिगत सामञ्जस्य कायम राख्नु रहेको थियो। बैठकले नेपालको जलविद्युत् क्षेत्र र शेयर बजारबीचको सम्बन्धलाई थप संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ। दुवै निकायका प्रमुखहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीमैत्री संयन्त्रको आवश्यकता रहेकोमा जोड दिएका थिए।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विद्युत् नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालसहित दुवै निकायका उच्च अधिकारीहरू उपस्थित थिए। बैठकले पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि मिलेर एक संयुक्त कार्यदल गठन गर्ने विषयमा गहन छलफल गरेको छ।

उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय र विद्यमान नियम तथा कानुनमा आवश्यक परिमार्जनका लागि ठोस उपायहरू पहिचान गर्नेछ। बोर्डतर्फ कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी., आयोगतर्फ सदस्यहरू डा. मधुसूदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

विशेषज्ञहरूका अनुसार, यस सहकार्यले जलविद्युत् कम्पनीका शेयरमा लगानी गर्ने सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्दै बजारको स्थायित्वमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया