Nepal Life

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने

NMB Bank
  • BFIS News
  • 2026 Jan 13 11:29
सोलु हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने
United Ajod

काठमाडौं। सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सम्पन्न भएपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरी प्रि–अलटमेन्ट गरिसकेको छ। त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको १० लाख कित्ता सेयर पनि बाँडफाँट भइसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा माघ ४ गते बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १४ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

सोलु हाइड्रोपावरले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ८८ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.०९ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया