Nepal Life

प्रभु महालक्ष्मी लाइफको आधारभुत शेयरधनीबाट बाहिरियो प्रभु बैंक, राम पाण्डे भित्रिए

NMB Bank
  • BFIS News
  • 2026 Jan 13 14:19
प्रभु महालक्ष्मी लाइफको आधारभुत शेयरधनीबाट बाहिरियो प्रभु बैंक, राम पाण्डे भित्रिए
United Ajod

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आधारभुत शेयरधनी समुहबाट प्रभु बैंक बाहिरिएको छ। बैंकले आफ्नो नाममा रहेको ५.११ प्रतिशत शेयर बिक्री गरेर बाहिरिएको हो। प्रभु बैंक बाहिरिदै गर्दा राम पाण्डेले ५ लाख ९ हजार कित्ता शेयर सहित एक प्रतिशेयर स्वामित्व लिएका छन्।

Shikhar
Nepal Life
NIMB

अन्य आधारभुत शेयरधनीमा प्रभु क्यापिटलले बैंकको शेयर खरिद गरेर १.३३ प्रतिशत स्वामित्वबाट ४.०७ प्रतिशत ओगटेको छ। कम्पनीको सबैभन्दा ठुलो आधारभुत शेयरधनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.९८ प्रतिशत हिस्सा रहेको छ। ज्योति विकास बैंकको ६.६९ प्रतिशत, साग्रिला डेभलपमेन्ट बैंकको ४.५६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट प्रालिको ३.५८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको २.७९ प्रतिशत रहेको छ।

सम्झना अर्यालको २.६८ प्रतिशत रहेको छ भने अजय राज सुमार्गीको २.३३ प्रतिशत हिस्सा ओगटेका छन्। प्रभु ग्रुपको २.५६ प्रतिशत हिस्सा रहेको छ। प्रभु म्यानेजमेन्टको १.७९ प्रतिशत रहेको छ भने एनएमबी बैंकको १.७५ प्रतिशत हिस्सा छ।

महालक्ष्मी विकास बैंकको १.६६ प्रतिशत हिस्सा रहदै गर्दा सिसु अर्यालको १.४० प्रतिशत छ। राजन प्रसाद सुवेदीको १.२३ प्रतिशत रहेको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको १.१६ प्रतिशत हिस्सा रहेको छ। व्यक्तिगत रुपमा कम्पनीको ठुलो हिस्सा अजय सुमार्गीको पारिवार तथा उनका संस्थागत लगानीकर्ताको धेरै छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया