Nepal Life

नेपाल सर्वाधिक धेरै सार्वजनिक विदा दिने पहिलो नम्बरमा

NMB Bank
  • BFIS News
  • 2023 Oct 03 15:12
नेपाल सर्वाधिक धेरै सार्वजनिक विदा दिने पहिलो नम्बरमा
United Ajod

काठमाडौं । नेपाल सर्वाधिक धेरै सार्वजनिक विदा दिने पहिलो नम्बरमा परेको छ । वल्ड स्टाटिक्सले तयार पारेको सूचीमा नेपाल पहिलो नम्बरमार रहेको छ । 

Shikhar
Nepal Life
NIMB

तथ्याङ्क अनुसार नेपालले विश्वकै सबैभन्दा धेरै ३५ दिन सार्वजनिक विदा दिएर पहिलो नम्बरमा परेको हो । दोस्रो नम्बरमा म्यान्मार ३२, तेस्रो नम्बरमा इरान २६, चौथो नम्बरमा श्रीलंका २५, बंगलादेश र इजिप्टले २२–२२ दिन बार्षिक बिदा दिने गरेको सो तथ्यांकमा उल्लेख गरिएको छ ।

यहि तथ्याङ्कलाई उल्लेख गर्दै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले भनेका छन् ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरामा, बार्षिक सार्वजनिक बिदामा, चाँही नेपालले विश्वमा उच्च स्थान हासिल गरेछ,  अनि हामी गरीब नभए को हुन्छ त ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘गम्भीर बनौं, काम नगरी दिगो रूपले कोही धनी हुनसक्दैन भन्ने बुझौं, साना साना सुधार त जसले जतिबेला गरेपनि हुन्छ नि ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया