Nepal Life

सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट : ४ जना पक्राउ, १ करोड ८० लाखभन्दा बढी रकम बरामद

NMB Bank
  • BFIS News
  • 2026 Jan 14 12:00
सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट : ४ जना पक्राउ, १ करोड ८० लाखभन्दा बढी रकम बरामद
United Ajod

काठमाडौं। नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरूलाई घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो। मंगलबार राति पाँच–छ जनाको समूहले बैंकमा लुटपाट गर्दै ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ नगद लुटेर फरार भएका थिए।

प्रहरीले लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ। स्थानीयको सहयोगमा विभिन्न स्थानबाट उक्त रकम बरामद गरिएको प्रहरीले बताएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया