Nepal Life

शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारणसभा सम्पन्न, ६ प्रतिशत बोनस शेयर पारित

NMB Bank
  • BFIS News
  • 2026 Jan 14 16:22
शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारणसभा सम्पन्न, ६ प्रतिशत बोनस शेयर पारित
United Ajod

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा सम्पन्न साधारणसभाले शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर तथा ०.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Shikhar
Nepal Life
NIMB

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ।

सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीमा ०.३१५८ प्रतिशतका दरले नगद लाभांश रु. ९२ लाख ३१ हजार १४७ वितरण गर्ने प्रस्ताव पारित गरिएको हो। उक्त लाभांश कर प्रायोजनार्थ प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निर्वाचित सञ्चालक दिनेश बज्र बज्राचार्य र स्कन्द अमात्यको पदावधि समाप्त भएपछि आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरिएको छ। साथै सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामापछि सञ्चालक समितिको बैठकबाट नियुक्त गरिएका आश्माङ्क कार्कीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय पनि सभाले अनुमोदन गरेको छ।

साधारणसभाले प्रबन्धपत्र तथा नियमावलीअनुसार सर्वसाधारण समूह “ख” का शेयरधनीबाट स्कन्द अमात्य र आश्माङ्क कार्कीलाई निर्वाचित गरेको छ। 

विशेष प्रस्तावअन्तर्गत कम्पनीको हाल कायम चुक्ता पुँजीमा ६ प्रतिशतका दरले रु. १७ करोड ५३ लाख ८५ हजार ९४० बराबरको बोनस शेयर पारित गरिएको छ। साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च तथा चन्दा अनुमोदन गरिएको छ।

सभाले बोनस शेयर वितरणपश्चात् चुक्ता पुँजीमा हुने परिवर्तनलाई मध्यनजर गर्दै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया