Nepal Life

बीमा क्षेत्रको चुनौतीबीच पनि नेशनल लाइफको उल्लेख्य प्रगति: सिइओ सुरेश प्रसाद खत्री

NMB Bank
  • BFIS News
  • 2026 Jan 15 12:51
बीमा क्षेत्रको चुनौतीबीच पनि नेशनल लाइफको उल्लेख्य प्रगति: सिइओ सुरेश प्रसाद खत्री
United Ajod

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा क्षेत्रका चुनौतीपूर्ण अवस्थाका बाबजुद कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

सीईओ खत्रीले समीक्षा अवधिमा बीमा शुल्क आर्जन, लगानीको आकार तथा कुल ब्यालेन्स सिटमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए। उनका अनुसार कम्पनीले आम्दानी अधिकतम बनाउने लक्ष्यका साथ विभिन्न पहल तथा उपलब्धि हासिल गरेको छ, जसको प्रतिफल वित्तीय सूचकहरूमा स्पष्ट देखिएको छ।

व्यवस्थापन प्रतिवेदन अनुसार कम्पनीको कुल प्रिमियम आम्दानी अघिल्लो वर्षको तुलनामा १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड ३७ लाख ८१ हजार रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा कम्पनीले ८१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा प्रतिशेयर आम्दानी (ईपीएस) १५.७० रुपैयाँ, पी/ई अनुपात ३९.७१ र इक्विटीमा प्रतिफल (आरओई) १०.८९ प्रतिशत रहेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन १३४.३ प्रतिशतबाट सुधार हुँदै १६५.५ प्रतिशत पुगेको छ। सन् २०२५ डिसेम्बर १५ सम्म जारी बीमा पोलिसीको संख्या १४ लाख ६४ हजार ९५६ पुगेको छ, जसले कम्पनीका वित्तीय सूचकहरू सन्तोषजनक र दिगो रहेको संकेत गरेको सीईओ खत्रीले बताए। समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ४८ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ भने दाबी भुक्तानी अनुपात पनि सन्तोषजनक रहेको जनाइएको छ।

प्रतिवेदनमा कम्पनीको लगानी पोर्टफोलियो पनि बलियो रहेको उल्लेख गरिएको छ। समीक्षा अवधिको अन्त्यसम्म कम्पनीको कुल लगानी ७७ अर्ब ९० करोड २० लाख ४२ हजार रुपैयाँ पुगेको छ। सबै लगानी नियामक निकायको मार्गनिर्देशनअनुसार सुरक्षित क्षेत्रमा गरिएको सीईओ खत्रीले जानकारी दिए।

आगामी दिनमा कम्पनीले दिगो वृद्धिमा केन्द्रित रहँदै डिजिटल पहलमार्फत सेवा प्रवाहमा दक्षता र प्रभावकारिता बढाउने, रणनीतिक साझेदारी विस्तार गर्ने तथा व्यवसाय र आम्दानीका नयाँ अवसर सिर्जना गर्ने योजना बनाएको छ। साथै, उत्पादन तथा सेवाको विस्तार, बजार प्रवर्द्धन र ब्रान्डिङ, साथै मानव संसाधन विकासमा पनि समान रूपमा जोड दिइने उनले बताए।

व्यावसायिक अभिकर्ता सञ्जाल विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको र यसका लागि स्वदेशी तथा विदेशी प्रशिक्षक परिचालन गरिएको पनि सीईओ खत्रीले उल्लेख गरे। अन्तर्राष्ट्रिय स्तरका दिगो नयाँ बीमा उत्पादनहरू बजारमा ल्याउने तयारी समेत भइरहेको छ।

सीईओ खत्रीले कम्पनीको निरन्तर प्रगतिका लागि सेयरधनी, ग्राहक तथा सबै सरोकारवालाको सहयोगको अपेक्षा व्यक्त गर्दै नियामक निकाय, सरकारी निकाय, प्रवर्द्धक, सञ्चालक समिति, सेयरधनी, ग्राहक, लेखापरीक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरे। नेपालकै अग्रणी जीवन बीमा कम्पनीका रूपमा बदलिँदो बजार परिवेशअनुसार रणनीति कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया