Nepal Life

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, हेर्नुहोस् यहाँबाट अनलाइन नतिजा

NMB Bank
  • BFIS News
  • 2026 Jan 20 11:01
विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, हेर्नुहोस् यहाँबाट अनलाइन नतिजा
United Ajod

काठमाडौं। मंगलबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट गरिएको हो।

Shikhar
Nepal Life
NIMB

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो। उक्त निष्कासनमा २१ लाख ९९ हजार २६ जना आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको हो। बाँडफाँटअनुसार ४६ हजार ६८१ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेका ७ कित्ता शेयर सोही समूहका लगानीकर्तामध्ये ७ जनालाई थप एक कित्ताका दरले प्रदान गरिएको छ। यसरी ती ७ जना आवेदकले कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

एफपिओ परे नपरेको नतिजा मेरो शेयरको अनलाइन एप्लिकेसनबाट हेर्न सकिनेछ। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया