Nepal Life

नेपाल लाइफ विर्तामोड शाखाको पेशागत बीमा अभिकर्ता संघ अध्यक्षमा वेदनारायण थापा

NMB Bank
  • BFIS News
  • 2026 Jan 22 09:06
नेपाल लाइफ विर्तामोड शाखाको पेशागत बीमा अभिकर्ता संघ अध्यक्षमा वेदनारायण थापा
United Ajod

विर्तामोड । पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स विर्तामोड शाखाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वेदनारायण थापा गोदारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

Shikhar
Nepal Life
NIMB

नवगठित कार्यसमितिको उपाध्यक्षमा केदारनाथ ढुङ्गेल चयन भएका छन् भने सचिवमा बरुण कुमार माझी र सह–सचिवमा यानु कुमारी गौतम चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा तारा बस्नेत, युवराज कटुवाल, चेत बानिया, शिव कुमार लिम्बु, चन्द्र बहादुर राई, कृष्ण सिग्देल, यसोदा राई, पुर्णीमा राजवंशी, रिमा राई र तुलसाकोटी कुँवर चयन भएका छन्।

अधिवेशनमा बीमा अभिकर्ताहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा बीमा क्षेत्रको विकासमा संघको भूमिकालाई थप सशक्त बनाउने विषयमा छलफल गरिएको थियो। नव निर्वाचित अध्यक्ष गोदारले सबै सदस्यहरूको सहयोग र सहकार्यबाट संघलाई थप प्रभावकारी बनाउँदै बीमा क्षेत्रको विश्वास र पहुँच विस्तारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनले कार्यसमितिलाई अभिकर्ताको हक हित र सहजिकरणमा काम गर्न सुझाव दिएका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया