Nepal Life

होटल फरेष्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2026 Jan 22 09:11
होटल फरेष्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने
United Ajod

काठमाडौं। होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ ४ गतेदेखि सो आईपीओ निष्काशन गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले होटल फरेष्ट इन लिमिटेडलाई ‘आइआरएन डबल बी माइनस (IRN BB-) इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्न कुल ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ लागत लागेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्ट आधारमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट ‘सी–आस्बा’ प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया