Nepal Life

नेप्से सूचक आज ९.२३ अंकले बढ्यो, कारोबार रकम ९ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2026 Jan 22 15:59
नेप्से सूचक आज ९.२३ अंकले बढ्यो, कारोबार रकम ९ अर्ब नाघ्यो
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.२३ अंकले वृद्धि भई २,७१४.६१ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन ९.४३ अंकले घटेको बजार आज भने हरियो देखिएको हो।

Shikhar
Nepal Life
NIMB

आजको कारोबारमा नेप्से २,७०६.४४ विन्दुबाट खुलेको थियो। कारोबारको क्रममा सूचकले उच्चतम २,७१४.६७ विन्दु र न्यूनतम २,६९३.०४ विन्दु छोएको थियो। दिनभर कुल ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९४,१७४ पटकको कारोबारमार्फत किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने फ्लोट बजार पुँजीकरण १५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ।

आज कारोबार रकमका आधारमा आँखा खोला जलविद्युत कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने यसको सेयर मूल्य २४४ रुपैयाँमा बन्द भयो।

आज तीन कम्पनीका सेयर मूल्यमा अधिकतम १० प्रतिशतले वृद्धि भई अपर सर्किट लागेको छ। यता, कालिका पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६.२५ प्रतिशतले घटेको छ।

क्षेत्रगत सूचकतर्फ हेर्दा वित्त (Finance) समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ भने व्यापार (Trading) समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ। समग्रमा आजको बजार सुधारतर्फ उन्मुख देखिए पनि लगानीकर्ताहरू अझै सतर्क देखिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया