Nepal Life

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Jan 23 13:56
प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ। रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भव्य रूपमा सम्पन्न भएको हो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले उत्कृष्ट कार्यले नै सम्मानको मार्ग तयार गर्ने उल्लेख गर्दै अभिकर्ताहरूको मेहनतबाट प्राप्त सफलतामा कम्पनीको सधैं साथ सहयोग रहने बताए। एमडिआरटि जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै उनले अभिकर्ताहरूलाई हार्दिक बधाई तथा आगामी वर्षहरूमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रसाईंले सफलताको यो माहोललाई कम्पनीले उत्सवका रूपमा लिएको बताउँदै योग्यताको पहिचान आफूले गर्ने कामबाट नै प्रस्तुत हुने स्पष्ट पारे। निरन्तर परिश्रमबाट प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने यो समय भएको उल्लेख गर्दै उनले प्राप्त अनुभव, मान र सम्मानले आगामी दिनमा थप सफलताका लागि उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको उच्च मान सम्मानको उत्कृष्ट उदाहरण भएको बताउँदै उनले अभिकर्ताहरूको निरन्तर लगन र मेहनतको परिणामस्वरूप प्राप्त सफलताप्रति कम्पनीले उच्च सम्मान प्रकट गर्ने बताए।

कार्यक्रमका क्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले व्यवसायिक बिक्री कलाको क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए। साथै, चर्चित कलाकार सन्दीप क्षेत्रीको प्रेरणादायी तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमको रौनक थपेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया