Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३.९५ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी १६ रुपैयाँ २१ पैसा

NMB Bank
  • BFIS News
  • 2026 Jan 25 10:53
सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३.९५ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी १६ रुपैयाँ २१ पैसा
United Ajod

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको १९ करोड ६५ लाख रुपैयाँको तुलनामा ५३.९५ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेरमेन्ट चार्जमा कमी आउनु नाफा बढ्नुको मुख्य कारण रहेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले बढेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले वृद्धि भएको छ। इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको सोही अवधिको २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७५ पैसाले बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्म बैंकको मूल्य–आम्दानी अनुपात २४.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।

३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया