Nepal Life

निर्वाचन खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्न निर्देशन

NMB Bank
  • BFIS News
  • 2026 Jan 27 10:43
निर्वाचन खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्न निर्देशन
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियानसम्बन्धी आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था गरेको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई यस्ता खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

निर्वाचनका क्रममा हुने आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने र उम्मेदवार तथा राजनीतिक दलहरूलाई आफ्नो चुनावी खर्चको स्पष्ट र व्यवस्थित हिसाब राख्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यसले निर्वाचन खर्चको निगरानीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार यी खाताहरू स्थायी प्रकृतिका भने हुने छैनन्। निर्वाचन आयोगले आमनिर्वाचन सम्पन्न भएपछि निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि मात्र यस्ता खाताहरू सञ्चालनमा रहनेछन्।

निर्वाचन खर्च व्यवस्थापन र पारदर्शिताको सवालमा यो व्यवस्था महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया