Nepal Life

एनआईसी एशिया बैंकको नाफा १३.५४ प्रतिशतले घट्यो, खराव कर्जा व्यवस्थापनमै रुमलियो

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 08:34
एनआईसी एशिया बैंकको नाफा १३.५४ प्रतिशतले घट्यो, खराव कर्जा व्यवस्थापनमै रुमलियो
United Ajod

काडमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशतले घटेको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आउनु तथा इम्पेरमेन्ट चार्ज बढ्नुका कारण नाफा घटेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.०७ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, कुल सञ्चालन आम्दानी ११.०७ प्रतिशत र सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेको छ।

यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ३५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जसले खुद नाफामा नकारात्मक प्रभाव पारेको हो।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २८ पैसा घटेर १ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सोही अवधिमा बैंकको मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) १८८.४४ गुणा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकले ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया