Nepal Life

६ महिनामा कृषि विकास बैंकले कमायो ७० करोड ७४ लाख खुद नाफा, एनपीएलमा सुधार

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 09:57
६ महिनामा कृषि विकास बैंकले कमायो ७० करोड ७४ लाख खुद नाफा, एनपीएलमा सुधार
United Ajod

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको ९५ करोड ७५ लाख रुपैयाँको तुलनामा करिब २६ प्रतिशतले कम हो।

Shikhar
Nepal Life
NIMB

खुद नाफा घटे पनि बैंकको आम्दानी भने बढेको देखिएको छ। चालू आवको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ थियो।

त्यसैगरी समीक्षा अवधिमा खुद फी तथा कमिशन आम्दानी ६१ करोड ७४ लाख रुपैयाँबाट बढेर ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

यद्यपि आम्दानीमा वृद्धि भए पनि बैंकको सञ्चालन नाफा भने घटेको छ। गत आवको पुस मसान्तमा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा घटेर १ अर्ब ९२ लाख रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ४७ पैसाबाट घटेर ९ रुपैयाँ ८९ पैसामा झरेको छ। भने निष्क्रिय कर्जा (एनपीएल) ४.९० प्रतिशतबाट घटेर ४.६५ प्रतिशतमा आएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ३७ पैसा रहेको छ।

बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ९८ लाख रुपैयाँ रहेको छ। १९ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा करिब ७२ करोड रुपैयाँ र अन्य रिजर्भमा १७ अर्ब ७ करोड रुपैयाँ सञ्चित रहेको छ।

हाल बैंकले २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया