Nepal Life

गरिमा विकास बैंकको खुद नाफा १५.६३ प्रतिशतले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नुका साथै व्याज आम्दानी बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 11:39
गरिमा विकास बैंकको खुद नाफा १५.६३ प्रतिशतले वृद्धि, इम्पेरमेन्ट चार्ज घट्नुका साथै व्याज आम्दानी बढ्यो
United Ajod

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले खुद नाफामा आएको सुधारको मुख्य कारण खुद ब्याज आम्दानीमा सामान्य वृद्धि र इम्पेरमेन्ट चार्जमा आएको कमी रहेको जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १६.५६ प्रतिशतले बढेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी ५.८० प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा १५.५० प्रतिशतले बढेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ २४ पैसा रहेको छ। यस्तै, बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ४४ करोड १९ लाख रुपैयाँबाट घटेर ३८ करोड २४ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा बढेर २१ रुपैयाँ १० पैसा पुगेको छ। पुस मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात १८.५३ गुणा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा रहेको छ।

६ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म बैंकले ९१ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

व्यवस्थापन विश्लेषणअनुसार बैंकले सुदृढ पूँजी पर्याप्तता र तरलता कायम राखेको छ। तर, चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण कर्जा असुलीमा दबाब परेको र खराव कर्जाको अनुपात ४.७८ प्रतिशतमा पुगेको बैंकले जनाएको छ। बैंकले व्यवसायिक लक्ष्य हासिल गर्न, प्रतिफल अधिकतम बनाउन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

बैंकले आगामी दिनमा सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग, गुणस्तरीय मानव संशाधन विकास, सक्रिय कर्जा असुली व्यवस्थापन, डिजिटल बैंकिङ सेवाको विस्तार, लागत नियन्त्रण, उत्पादन तथा सेवाको विविधीकरण, आन्तरिक नियन्त्रण र सुशासन सुदृढीकरण तथा एएमएल/सीएफटी मापदण्डअनुसार जोखिम व्यवस्थापनमा जोड दिने रणनीति लिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया