Nepal Life

नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताका लागि १ दिने तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Jan 30 19:25
नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताका लागि १ दिने तालिम सम्पन्न
United Ajod

काठमाडौं नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मासिक योजना मन्थन २०८२ अन्तर्गत व्यवसायिक रूपमा छनौट भएका अभिकर्ताहरूका लागि १ दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्ताहरूलाई लक्षित गरी आयोजित उक्त तालिम धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा छनौट भएका २८० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चर्चित प्रशिक्षक काजिम राजाले विभिन्न व्यवहारिक उदाहरण प्रस्तुत गर्दै एमडिआरटी (MDRT) लक्ष्य हासिल गर्ने प्रभावकारी उपायहरूबारे प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख कार्यकारी अधिकृत कडेलले अभिकर्ता पेशालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले कम्पनीले अभिकर्ता–मैत्री मासिक तथा वार्षिक योजनाहरू सञ्चालन गर्दै आएको जानकारी दिए। “प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता” भन्ने नाराका साथ मासिक योजना मन्थन सञ्चालन गरिएको र यसमार्फत अभिकर्ताहरूलाई उच्चस्तरीय प्रशिक्षण प्रदान गरिँदै आएको उनले बताए।

उनका अनुसार यस योजनाअन्तर्गत देशभरबाट ७०० भन्दा बढी अभिकर्ताहरू छनौट हुनु आफैंमा योजनाको सफलता हो। सो अवसरमा शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस्ता तालिमले अभिकर्ताहरूलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्न मद्दत पुग्ने र प्रतिस्पर्धात्मक बीमा बजारमा आफूलाई सक्षम रूपमा स्थापित गर्न सहयोग गर्ने बताए।

तालिममा सहभागी अभिकर्ताहरूले यस्ता कार्यक्रमले आगामी दिनमा बीमा व्यवसायमा थप प्रगति गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए। सम्मान प्राप्त गर्ने अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको महसुस गर्दै भविष्यमा अझ जिम्मेवारीका साथ पेशागत यात्रालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया