Nepal Life

अमर सहिद, अमर चेतना

NMB Bank
  • BFIS News
  • 2026 Jan 30 20:48
अमर सहिद, अमर चेतना
United Ajod

काठमाडौै। नेपालको इतिहास निर्माणका लागि नेपाली आमाको रक्षार्थ कैयौँ सहिदहरूले आफ्नो अमूल्य जीवन अर्पण गरेका छन्। आज सहिद दिवस हाम्रो इतिहासको यस्तो महत्वपूर्ण दिन हो, जसले हामीलाई स्वतन्त्रता, न्याय र सम्मानका लागि गरिएको सर्वोच्च बलिदानको सम्झना गराउँछ। आफ्नो जीवन राष्ट्रको नाममा अर्पण गर्ने सहिदहरू शारीरिक रूपमा आज हामीमाझ नभए पनि, उनीहरूको चेतना, विचार र सपना आज पनि हाम्रो समाजमा जीवित छन्।

Shikhar
Nepal Life
NIMB

सहिदहरूले कुनै पद, सुविधा वा व्यक्तिगत स्वार्थका लागि होइन, सम्पूर्ण राष्ट्रको उज्यालो भविष्यका लागि आफ्नो प्राण त्यागेका हुन्। उनीहरूको बलिदानले हामीलाई बोल्ने स्वतन्त्रता दियो, अधिकार माग्ने साहस दियो र अन्यायविरुद्ध उभिने शक्ति दियो। आज हामी त्यही सहिदहरूको बलिदानको उपहारस्वरूप स्वतन्त्र र अधिकार सम्पन्न भएका छौँ। यदि सहिदहरूको त्याग नहुने हो भने, आज हामीले भोगिरहेको लोकतन्त्र र नागरिक अधिकार केवल कल्पनामा सीमित हुने थिए। आज हामी निरङ्कुशताको झुपडीमा आफ्ना बाध्यताहरू गुजारिरहेका हुने थियौँ।

सहिदको स्मरणलाई हामीले माल्यार्पण र भाषणमा मात्र सीमित राख्नु हुँदैन। उनीहरूले देखेको सपना न्यायपूर्ण समाज, समान अवसर र सुरक्षित राष्ट्र पूरा गर्नु नै साँचो श्रद्धाञ्जली हो। सहिद चेतनाको अर्थ सत्यको पक्षमा उभिनु, गलतको विरोध गर्नु र जिम्मेवार नागरिक बन्नु हो।

आजको समाजमा कानुनको पालना, सामाजिक सद्भाव, आपसी सम्मान र कर्तव्यबोध नै सहिद चेतनाको निरन्तरता हो। जब हामी इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी पूरा गर्छौँ, तब मात्र सहिदहरूको बलिदान सार्थक बन्छ। सानो जिम्मेवारीलाई पनि राष्ट्रप्रतिको कर्तव्य ठानी पूरा गर्नु नै सहिदप्रति सच्चा सम्मान हो।

सहिद दिवसले हामीलाई केवल इतिहास सम्झन मात्र होइन, भविष्य सुधार्न पनि प्रेरित गर्छ। सहिदहरू अमर छन्, किनकि उनीहरूको विचार हाम्रो आचरणमा जीवित रहनुपर्छ। जबसम्म सहिद चेतना हाम्रो मन, कर्म र समाजमा रहन्छ, तबसम्म राष्ट्र सधैँ सही बाटोमा अघि बढिरहन्छ।

अमर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली।

(लेखक खेम राज ओझा लामो समयसम्म वित्तिय क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया