Nepal Life

कालिञ्चोक हाइड्रोपावरलाई आईपीओ निष्कासनको स्वीकृति

NMB Bank
  • BFIS News
  • 2026 Feb 02 21:39
कालिञ्चोक हाइड्रोपावरलाई आईपीओ निष्कासनको स्वीकृति
United Ajod

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि आवश्यक विवरण पत्र प्रकाशन गर्न अन्तिम स्वीकृति दिएको हो।

Shikhar
Nepal Life
NIMB

सेबोनको स्वीकृतिअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ। यसबाट कम्पनीले पुँजी बजारमार्फत कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको रकम संकलन गर्ने लक्ष्य लिएको छ।

विवरण पत्र प्रकाशनका लागि स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले निष्कासन मिति तोकी सार्वजनिक सूचना जारी गर्ने बाटो खुलेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ।

नियमअनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्नेछ। त्यसपछि बाँकी शेयर सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरिने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासनसँगै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको पुँजी संरचना थप सुदृढ हुने र ऊर्जा क्षेत्रमा निजी लगानी विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया