Nepal Life

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्टको शेयर लिलाम बिक्री आजसम्म मात्रै

NMB Bank
  • BFIS News
  • 2026 Feb 03 11:43
प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्टको शेयर लिलाम बिक्री आजसम्म मात्रै
United Ajod

काठमाडौं।  प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरको लिलाम बिक्री आजसम्म मात्रै हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले यसअघि निष्कासन गरेको हकप्रद शेयरमध्ये जगेडामा रहेको शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

कम्पनीले २०८२ कार्तिक ०९ गतेदेखि २०८२ मङ्सिर १५ गतेसम्म १ः१.३४ का दरले हकप्रद शेयर निष्कासन गरेको थियो। सो अवधिमा पूर्ण रूपमा वितरण हुन नसकी अवितरित रहेका शेयरहरूलाई कम्पनीले लिलाम बिक्रीमा ल्याएको हो।

लिलाम प्रक्रियामा प्रति शेयर न्यूनतम मूल्य रु ७५ (अक्षरेपी पचहत्तर) तोकिएको छ भने सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार २०८२ माघ ०६ गतेदेखि कुल ४३ लाख १७ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामका लागि खुला गरिएको हो। आजसम्म मात्रै आवेदन दिन पाइने भएकाले इच्छुक लगानीकर्ताहरूलाई समयमै प्रक्रिया पूरा गर्न कम्पनीले आग्रह गरेको छ।

उक्त लिलाम बिक्रीमा संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया